तपाईंलाई हार्दिक स्वागत छ

मेरा प्रिय मित्रहरू !

यहाँहरूलाई www.yogeshbhattarai.com.np मा हार्दिक स्वागत गर्दछु ।

समय बदलियो । परिस्थिति बदलियो । समाज बदलियो । मानिसहरूको जीवनशैली बदलियो । आकांक्षा र आवश्यकता बदलिए, सम्बन्धहरू बदलिए, तर हामी स्वयम्लाई बदल्न कठिन भइरहेको छ । भित्तामा पोष्टर टाँसेर शहरलाई प्रदुषित गरेर आफ्ना विचार सम्प्रेषण गर्ने बानी परेका हामीहरूलाई त्यहाँबाट हिँडेर सामाजिक सञ्जालसम्म आउन कम्ता अप्ठ्यारो परिरहेको छैन । चाङका चाङ पर्चा वितरण गर्ने, शहर र गाउँभर हल्ला मच्चाउँदै ठूला—ठूला माइकका ढ्वाङ बजाउँदै दौडने हाम्रो बानीमा परिवर्तन गरी कम्प्युटरका भित्तामा अभ्यस्त गर्नु र गराउनु पनि ठूलै क्रान्तिकारी कदम हुनेछ । सूचना र संचारको क्रान्तिले दुनियाँलाई यति नजिक ल्याइदियो कि एकै पलमा सबैलाई छुन, देख्न, सुन्न, सुनाउन र अन्ततः रूपान्तरण गर्न सहज बनाइदिएको छ । सहज, स्वभाविक र सर्व स्वीकार्य साधनको प्रयोग गरी रूपान्तरणको काम गर्नु नै आजको क्रान्तिको जनअनुमोदन मानिन्छ ।

हामी सामाजिक तथा राजनीतिक अभियन्ताका लागि यसको उपयोग अनिवार्य भएको छ । राजनीतिप्रति नकारात्मक धारणा बनाएका र राजनीतिको परिधिबाट भागिरहेका युवाहरूलाई वृत्तमा ल्याउन यस्ता सामाजिक संजालहरूको महत्वपूर्ण भूमिका हुनेछ भन्ने म ठान्दछु । नेपालको राजनीतिमा मौलाउँदै गएको राजनीतिको अपराधीकरण तथा अपराधको राजनीतिकरणलाई निस्तेज गर्नु अति आवश्यक भएको छ । यसका लागि सबै विचारका नयाँ पुस्ताका राजनीतिक तथा व्यवसायिक मानिसहरूका बीचमा प्रभावकारी सहकार्य हुनै पर्दछ । मेरो यो साइटले यस काममा एक इँटा थप्न सक्यो भने मैले आफूलाई धन्य ठान्नेछु ।

सकारात्मक सोच भएका तमाम मेरा मित्रहरूबाट सदैव सुझाव तथा आलोचनाको अपेक्षा गर्दछु । सामाजिक सद्भाव र राष्ट्रिय एकता निर्माण गर्दै नेपाल राष्ट्रको समृद्धि हाम्रो अभिष्ट हो । राजनीतिक क्रान्तिका लागि बगाइएको रगत र पसिनाको मूल्य लोकतान्त्रिक गणतन्त्रको स्थापना सँगैप्राप्त भएको छ । अब पालो आर्थिक क्रान्तिको । यही लक्ष्यमा सिंगो राष्ट्रलाई समाहित गरौँ । फेरि एकपटक यहाँहरूलाई www.yogeshbhattarai.com.np मा हार्दिक स्वागत गर्दछु ।

विचार

अन्तर्वार्ता

भिडियो

मैथीली भाषमा एमालेको चुनावी गित “अँहुँछि एमाले हमहुँ छि एमाले”

एमाले नक्कली सामानलाई सक्कली भन्दै उपभोक्तालाई ठग्ने जाली ब्यापारी होइन

आसुँका नूनिला ढिक्का पिउंदै, मेलमिलापको नारा दिएर बीपी कोइराला किन स्वदेश पर्किए ? आजको कांग्रेसले त्यो कठोर् ईतिहास पढोस्

बुटवलमा एकजना देशभक्त युवा नेताको हत्या किन भयो ?